पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध

काठमाडौं, २० वैशाख – पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका–४ पाङदुर क्षेत्रमा पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान करिब पाँच बजेतिर खसेको पहिरोका कारण काठमाडौं–हेटौंडा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

यसैबीच, विस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड मा वर्षाका कारण सडक चिप्लो बनेपछि सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले उक्त सडकखण्डमा सावधानी अपनाउन तथा आफ्ना निर्देशन पालना गर्दै संयमित रूपमा सवारी चलाउन आग्रह गरेको छ।

Facebook Comments Box