प्रज्ञा पुरस्कार–२०८२ : १९ स्रष्टा सम्मानित

काठमाडौँ, १७ वैशाख  – नेपाल प्रज्ञा-प्रतिष्ठान ले भाषा, साहित्य, संस्कृति, दर्शन र समाजशास्त्रलगायत विविध विधामा योगदान दिएका १९ जना स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ प्रदान गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा आयोजित समारोहको उद्घाटन कुलपति भूपाल राई ले गर्नुभयो। सो अवसरमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान का कुलपति नारदमणि हार्तमछाली ले पुरस्कृत स्रष्टाहरूलाई सम्मान गर्नुभयो।

यस वर्ष १२ जनालाई जनही एक लाख रुपैयाँ राशिको ‘प्रज्ञा पुरस्कार’ तथा सात जनालाई जनही ५० हजार रुपैयाँ राशिको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ प्रदान गरिएको हो।

मुख्य पुरस्कार प्राप्त स्रष्टा

‘प्रज्ञा पुरस्कार–२०८२’ अन्तर्गत विभिन्न विधामा सम्मानित हुनेमा:

  • समालोचना: अभि सुवेदी
  • दर्शन: ईश्वरचन्द्र ज्ञवाली
  • गद्य: आहुति
  • भाषा: मुकुन्दशरण उपाध्याय
  • समाजशास्त्र: डम्बर चेम्जोङ
  • पद्य: शैलेन्द्र साकार
  • संस्कृति: सोमप्रसाद खतिवडा
  • बालसाहित्य: सुशीला प्रधानाङ्ग
  • अनुवाद: सर्वोत्तम श्रेष्ठ
  • अन्तर्देशीय: नरेश काङमाङ राई
  • मातृभाषा (हिमाली–पहाडी): बुद्ध योञ्जन
  • मातृभाषा (मधेश–तराई): अमरेन्द्रकुमार यादव

प्रतिष्ठानले यसै वर्षदेखि पहिलोपटक स्थापना गरेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२’ सातै प्रदेशका स्रष्टाहरूलाई प्रदान गरेको छ। जसअनुसार कोसी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्बाङ), मधेश प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्तिप्रिय बन्दना, गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल ‘सोडारी’ सम्मानित हुनुभएको छ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले पनि यस्तो सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।  कार्यक्रममा सदस्य सचिव धनप्रसाद सुवेदी ले सञ्चालन गर्नुभएको थियो भने प्राज्ञ परिषद्का सदस्यहरूले पुरस्कारको पृष्ठभूमि र स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए।

Facebook Comments Box