एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

काठमाडौं, ११ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्। संसदीय दलका नेता रामबहादुर थापा ले महरलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। नवनियुक्त प्रमुख सचेतक महरले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारीका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments Box