गृहमन्त्रीद्वारा उच्च सुरक्षा अधिकारीसँग लामो छलफल

काठमाडौँ, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ ले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन्। साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो। छलफलको विषयबारे आधिकारिक रूपमा खुलाइएको छैन।

मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा गृहमन्त्री गुरुङले “पछि भनौँला” भन्दै संक्षिप्त प्रतिक्रिया दिएका थिए। छलफल चलिरहेकै बेला कविन्द्र बुर्लाकोटी गृहमन्त्रालय पुगेका थिए। तर उनले गृहमन्त्री व्यस्त भएकाले भेट नभएको र प्रशासनका कर्मचारीसँग मात्रै कुरा गरेर फर्किएको बताए।

बुर्लाकोटीका अनुसार गोरखाका एक व्यक्तिको समस्याका विषयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्दा उनी गृहमन्त्रालयमै रहेको जानकारी पाएपछि आफू त्यहाँ पुगेका थिए। उनले गृहमन्त्री उच्चस्तरीय छलफलमा व्यस्त रहेकाले आफूले भेट नगरेको स्पष्ट पारे। गृहमन्त्रालयमा भएको लामो छलफलले सुरक्षा तथा समसामयिक विषयमा महत्वपूर्ण निर्णयको तयारी भइरहेको अनुमान गरिएको छ, यद्यपि यसबारे आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन।

Facebook Comments Box