काठमाडौँ उपत्यकामा ५६४ जना सहित देशभर थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ६ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५६४ जना सहित देशभर थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ६७ आरटी पीसीआर तथा २ हजार ८६३ एन्टीजेन परिक्षण सहित १३ हजार ९३० जनाको परिक्षण गर्दा १ हजार ४६८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७७ हजार ४३७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६३० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५९ रहेको छ