प्युठानको छेडाघामा भीषण आगलागी, १३ घरगोठ जले
प्युठान, २२ चैत – ऐरावती गाउँपालिका–१ छेडाघा मा गएराति भीषण आगलागी हुँदा १३ घरपरिवारका घरगोठ जलेर नष्ट भएका छन्। स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय प्युठान का प्रमुख डीएसपी नरहरी अधिकारी को नेतृत्वमा इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट करिब ३० जनाको टोली खटिएको थियो।
शनिबार राति करिब पौने १२ बजे सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ७ बजे मात्र नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि भट्टराई ले जानकारी दिनुभयो।प्रहरीका अनुसार आगलागीबाट झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
Facebook Comments Box

