जेनजी आन्दोलनका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडौँ, १९ चैत – नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादल ले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै उहाँले गत भदौ २३ र २४ गते सार्वजनिक सम्पत्तिमा भएको क्षति, भौतिक संरचनामा तोडफोड तथा आगलागीका घटनाको गम्भीर छानबिन आवश्यक रहेको बताउनुभयो। उहाँले ती गतिविधि सुनियोजित रूपमा भएको आरोप समेत लगाउनुभयो।

उहाँले घटनाको सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र निष्पक्ष अनुसन्धान अपरिहार्य रहेको धारणा राख्नुभयो। यसै क्रममा एमालेका उपाध्यक्षसमेत रहनुभएका थापाले राष्ट्रिय स्वतन्त्र पार्टी लाई प्रतिनिधिसभा निर्वाचनमा ठूलो दलका रूपमा विजय हासिल गरेकोमा बधाई दिनुभयो।

निर्वाचन परिणामले एमालेलाई सानो दलका रूपमा स्थापित गरे पनि चुनौती सामना गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो।

Facebook Comments Box