वीरगञ्ज भन्सारद्वारा सात महिनामा रु १ खर्ब ५४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज , १२ चैत – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले सो अवधिमा रु १ खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा करिब ८८ दशमलव उपलब्धि हासिल भएको जनाएको छ। सूचना अधिकृत उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको हो।

महिनागत रूपमा साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब ९ करोड र कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व उठेको छ। त्यसैगरी, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड र फागुनमा रु १९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

Facebook Comments Box