स्थलगत अनुगमनमा कैफियत भेटिएपछि तीन फर्मलाई जरिवाना
काठमाडौँ, ११ चैत – स्थलगत अनुगमनका क्रममा अनियमितता भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार इमाडोलस्थित दशरथ ग्रोसरी प्रालिलाई रु ५० हजार, सूर्यविनायक–बालकोटको शाह एण्ड शाह इन्टरप्राइजेजलाई रु १० हजार तथा महालक्ष्मी–५ टिकाथलीस्थित ए एण्ड ए सपिङ सेन्टरलाई रु पाँच हजार जरिवाना गरिएको हो।
अनुगमनका क्रममा कानुनविपरीत कारोबार भएको पाइएपछि ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ। यस्तै, थप १५ फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।
Facebook Comments Box

