कैफियत देखिएपछि विभागद्वारा जरिवाना
काठमाडौँ, ९ चैत – नियमित बजार अनुगमनका क्रममा कैफियत फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई जरिवाना गरेको छ। आइतबार गरिएको स्थलगत निरीक्षणका क्रममा काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित ‘मुम्बई जाइका’ नामक फर्मलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ। उक्त कारबाही उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार गरिएको हो।
विभागले सो दिन १३ वटा फर्ममा निरीक्षण गरेकोमा १२ वटालाई सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको विभागले जनाएको छ।
Facebook Comments Box

