उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना

काठमाडौं, २७ माघ – देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भएको छ । तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ । आज प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। शनिबार पनि प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार पहाडी भू-भागमा आंशिक बदली भए पनि हिमपात र वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box