काठमाडौँ उपत्यकामा १४६ जना सहित देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४६ जना सहित देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १००, भक्तपुरमा १५ र ललितपुरमा ३१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार १६८ आरटी पीसीआर तथा ३ हजार ६ एन्टीजेन परिक्षण सहित १२ हजार १७४ जनाको परिक्षण गर्दा थप २८० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार ४४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३६६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ५ हजार ५७१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५४७ रहेको छ

Facebook Comments Box