बन्दमा बस चलाएको भन्दै कोटेश्वरमा ढुंगा प्रहार
काठमाडौं, ७ भदौ – बन्दमा चलाएको भन्दै कोटेश्वरमा बसमा ढुंगा हानिएको छ। विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीले आज नेपाल बन्द घोषणा गरेका हुन्। बन्दको अवज्ञा गरेको भन्दै उनीहरूका कार्यकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा ढुंगा हानेका हुन्।
कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बसमा एउटा समूहले राष्ट्रिय वाणिज्य बैंकअगाडि एक्कासि ढुंगा हानेर भागेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने काठमाडौंमा बन्दको खासै प्रभाव नपरेको दाबी गरे।
Facebook Comments Box

