सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता
काठमाडौँ, २९ असोज – सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग आज सर्वोच्च बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीले भेट गरी मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
भेटका क्रममा पदाधिकारीहरूले देशमा सुशासनको प्रत्याभूति दिलाउन, कानुनी शासन बलियो बनाउन र भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्न आग्रह गरेका थिए।
साथै, हाल जेनजी पुस्ताले उठाइरहेका न्याय र पारदर्शितासम्बन्धी मागहरूलाई सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।
Facebook Comments Box

