दैलेखमा लेखा प्रमुख घुससहित पक्राउ

दैलेख, ६ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई रु १ लाख घुससहित पक्राउ गरेको छ।

कार्कीलाई आइतबार राति सुर्खेतको वीरेन्द्रनगर–९ मङ्गलगडी चोकबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनी गाउँपालिकामा सातौँ तहका लेखा प्रमुखका रूपमा कार्यरत थिए।

अख्तियारका अनुसार कार्कीले गाउँपालिकाको सडक स्तरोन्नति र निर्माण सम्पन्नको अन्तिम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएका थिए। पक्राउ परेलाई नगदसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

Facebook Comments Box