आज संविधान दिवस

काठमाडौँ, ३ असोज – नेपालले यस वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रममार्फत मनाइरहेको छ। टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुहुन्छ भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ। विशेष राजनीतिक परिस्थितिका कारण यसपटक झाँकीलगायतका सांस्कृतिक प्रदर्शन भने स्थगित गरिएको छ।

संविधान दिवसको ऐतिहासिक पृष्ठभूमि अनुसार, नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा संविधानसभा मार्फत २०७२ असोज ३ गते नेपालको संविधान घोषणा गरिएको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा संविधान जारी भएको घोषणा गर्नुभएको थियो।

Facebook Comments Box