‘हाम्रो पात्रो’ले सामाजिक सञ्जाल दर्ताका लागि निवेदन दियो

काठमाडौँ, १९ भदौ — नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेलगत्तै ‘हाम्रो पात्रोले दर्ताका लागि औपचारिक निवेदन दर्ता गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले बन्द गर्ने चेतावनीसहित सूचना जारी गरेपछि ‘हाम्रो पात्रो’ आजै सूचीकरण प्रक्रियामा आउन मन्त्रालयमा निवेदन दिएको हो।

यसअघि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले २०८० वैशाख १२ गते सामाजिक सञ्जाल सञ्चालन पूर्व सम्बन्धित निकायमा अनिवार्य दर्ता गर्न आदेश दिएको थियो। सो आदेश कार्यान्वयन गर्दै मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई ७ दिनभित्र दर्ताका लागि आव्हान गरेको थियो।

निर्देशिका–२०८० बमोजिम दर्ता निवेदनमा नेपालभित्र सम्पर्क व्यक्ति, आवासीय गुनासो सुन्ने अधिकारी, तथा स्वनियम पालना निगरानी अधिकारी तोक्नुपर्ने व्यवस्था छ।

यससँगै नेपालमा दर्ता प्रक्रिया थाल्ने पहिलो प्लेटफर्मको रुपमा ‘हाम्रो पात्रो’ अघि आएको छ भने अन्य ठूला सामाजिक सञ्जाल कम्पनीहरूको प्रतिक्रिया प्रतीक्षारत छ।

Facebook Comments Box