आज मनसुन सक्रिय, कतिपय प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ७ भदौ
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ ।
विशेष गरी लुम्बिनी प्रदेशको तराई, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ । आज राति पनि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने र थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । गण्डकीका पहाडी क्षेत्र र लुम्बिनीको तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।
Facebook Comments Box

