काठमाडौँ उपत्यकामा ११८ जना सहित देशभर थप २९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २७ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११८ जना सहित देशभर थप २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९, भक्तपुरमा ६ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार २२५ आरटी पीसीआर तथा ३ हजार १८ एन्टीजेन परिक्षण सहित ८ हजार २४२ जनाको परिक्षण गर्दा २९५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ७४७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४७८ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४७१ रहेको छ ।

Facebook Comments Box