भारतलाई १,००० मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली
काठमाडौँ, २८ साउन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई १,००० मेगावाट विद्युत् निर्यात गर्ने जानकारी दिनुभएको छ। प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमार्फत नेपालले भारतलाई बिजुली बेचेर ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने बताउनुभयो।
“हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
Facebook Comments Box

