आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २४ साउन

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरमा र पश्चिमतर्फ नेपालको तराई नजिक स्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। यस अवधिमा मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेशको एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

Facebook Comments Box