सात लाख बढी घुससहित कैलालीका वन अधिकृत पक्राउ
काठमाडौँ, ६ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी (कैलाली)का वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।
चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनमा घाटगड्डी गरिएको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस मागिएको सूचना प्राप्त भएपछि आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ यादवलाई पक्राउ गरेको हो।
उनको साथबाट रु ७ लाख ३१ हजार नगद बरामद गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका यादवमाथि थप अनुसन्धान जारी छ।
Facebook Comments Box

