काठमाडौँमा आगलागी: एक महिलाको मृत्यु
काठमाडौँ, २६ असार – काठमाडौँ महानगरपालिका–६ स्थित चेमजुङ गल्लीको एक घरमा बिहीबार दिउँसो भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आगलागीमा परी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो। उनी काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ स्थायी घर भई हाल चेमजुङ गल्लीमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार तामाङको कोठामा आगलागी भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगो निभाइसकेपछि उनी कोठाभित्रै मृत अवस्थामा फेला परेकी थिइन्।
आगलागीबाट झ्याल, ढोका, लत्ता कपडालगायत सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीको कारण अझै खुल्न सकेको छैन। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

