प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे संसदलाई जानकारी

काठमाडौँ, १४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणको बारेमा संघीय संसदलाई जानकारी गराउनुभएको छ। उहाँले आज साँझ सुरु हुने भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयमा सेभिया सहरमा आयोजना हुने चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने बताउनुभयो।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे दोहा हुँदै म्याड्रिड प्रस्थान गर्ने जानकारी दिनुभयो। भ्रमण दलमा २१ सदस्य छन्। उहाँले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति जनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

भ्रमण कार्यतालिका संक्षेपमा:

🔹 असार १५ (सेभिया आगमन):

  • दिउँसो ४ बजे: नागरिक समाजद्वारा आयोजित प्लेनरी समापन सत्रमा सम्बोधन

  • साँझ: स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग भेटवार्ता

  • रात्रि: स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा सहभागिता

🔹 असार १६:

  • सम्मेलनको उद्घाटन सत्रमा सहभागिता

  • गेट्स फाउण्डेशनको स्वतन्त्र आयोग घोषणामा सम्बोधन

  • स्टोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय भेट

  • एलडिसी (LDC) को अध्यक्षको हैसियतमा सम्बोधन

  • इजिप्ट, पोर्चुगलका प्रधानमन्त्री तथा महासचिव गुटरेससँग भेटघाट

  • स्पेन सरकारद्वारा आयोजना गरिएको रात्रिभोजमा सहभागी

🔹 असार १७:

  • एलडिसी उच्चस्तरीय बैठक को अध्यक्षता र सम्बोधन

  • वैश्विक ऐक्यबद्धतामा लगानी विषयक साइड-इभेन्टमा सम्बोधन

  • नेपाल, बङ्गलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजकद्वारा आयोजित जलवायु वित्तीय व्यवस्था साइड-इभेन्टमा सम्बोधन

  • नेपाल–बुरुण्डी सहआयोजनामा पानी तथा सरसफाइ विषयक कार्यक्रममा सम्बोधन

  • अन्तरराष्ट्रिय विकास सहयोग पुनर्जीवन कार्यक्रममा सम्बोधन

  • स्पेनका लागि नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागिता

🔹 असार १८:

  • म्याड्रिडमा नेपाल–स्पेन व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रममा सम्बोधन

🔹 असार १९:

  • रियल म्याड्रिड फुटबल क्लब अधिकारीहरूसँग भेट

  • सान्तियागो बर्नाबेउ रंगशालाको अवलोकन

  • स्पेनस्थित नेपाली समुदायसँग भेट

  • दोहा हुँदै स्वदेश फिर्ती

प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपालको विकास, सहयोग र अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box