इजरायलले गाजा क्षेत्रमा फेरि हमला ३४ जनाको मृत्यु

काठमाडौं, ५ चैत – इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ । यी हमलामा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको गाजाको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

Facebook Comments Box