कोशी प्रदेशका केही स्थानमा वर्षासमेत हुने सम्भावना

वकाठमाडौं, २८ माघ – आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले मौसम बदली भएको हो । बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो पनि लागेको छ । आज दिउँसोदेखि साँझसम्म कोशी प्रदेशका केही स्थानमा वर्षासमेत हुने महाशाखाको पूर्वानुमान छ ।

बाँकी सबै प्रदेशको हिमाली र पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । कोशीसहित, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । थोरै ठाउँमा वर्षा, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात र तराईमा हुस्सु/कुहिरो लागेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments Box