रास्वपाका कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण

काठमाडौँ, २ माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् । सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा छ ।

बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो । लामिछानेको मुद्दामा आजै आदेश आउने बताइएको छ । उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए ।

Facebook Comments Box