कोसी ब्यारेजमा आवतजावत बन्द

काठमाडौँ, १२ असोज – कोसी ब्यारेजमा आवतजावत बन्द गरिएको छ। अविरल वर्षाको कारण पानीको बहाव बढेपछि ब्यारेजमा सवारी साधन तथा मानिसहरूको आवतजावत पूर्ण रुपमा बन्द गरिएको हो।

पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ३१ हजार क्यूसेक पार गरेर खतराको संकेत समेत पार गरेपछि आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, सुनसरीले जानकारी गराएको छ।

शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए।

‘कोसी ब्यारेजमा पानीको सतह अत्याधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाकोलागि आज मिति २०८१/०६/१२ गते दिनको ४ः०० बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि

कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधहरुको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जिल्ला प्रशासन सुनसलरीले जारी गरेको सूचनामा भनिएको छ। त्यस्तै, अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ।

Facebook Comments Box