बम विष्फोटमा परी घाइते भएका दुई बालकको सरकारले निःशुल्क उपचार गर्ने
काठमाडौं , २५ भदौ – सरकारले पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा युद्धकालष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
Facebook Comments Box

