आज ३० औं विश्व आदिवासी दिवस मनाइँदै
काठमाडौँ, २५ साउन – आज ३० औं विश्व आदिवासी दिवस मनाइँदै छ । स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ । मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्याली निकालेका छन् ।
र्यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् । भृकुटीमण्डपबाट निकालिएको र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत भएकाे छ ।
Facebook Comments Box

