भारतको झारखण्डमा रेलका १० डिब्बा लिकबाट उछिट्टिँदा ६ जना घाइते
काठमाडाैँ, १५ साउन – भारतको झारखण्डमा मंगलबार (आज) बिहान रेलका १० डिब्बा लिकबाट उछिट्टिँदा ६ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार झारखण्डको सराइकेला–खरसावन जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेलका १० डिब्बा लिकबाट बाहिरिएका हुन्।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। बडाबम्बु नजिकै बिहान ४ः४५ बजे रेल दुर्घटना भएको हो। यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ।
Facebook Comments Box

