एक घण्टाका लागि त्रिभुवन विमानस्थलबाट उडान अवतरण बन्द
काठमाडौं, १२ साउन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मार्किङको काम गर्दा उडान अवतरण बन्द गरिएको छ । धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटहरुलाई समस्या पर्ने भन्दै शनिबार दिउँसो सवा ४ बजेदेखि एक घण्टाका लागि उडान अवतरण बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
उडान अवतरण बन्दका कारण कतारको राजधानी दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा छ । विमानस्थल सवा ५ बजे सञ्चालनमा आउने विमानस्थल स्रोतको भनाइ छ ।
Facebook Comments Box