कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश

काठमाडौँ, १७ असार – नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् । सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए ।

उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका थिए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए । उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भए । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।

Facebook Comments Box