दुई सवारी आसपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु

झापा, १२ वैशाख – झापामा आज बिहान दुई सवारी आसपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिम राजमार्गमा पर्ने शिवसताक्षी- ८ मा झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले दिएको जानकारी अनुसार मृतक युवक २०/२२ वर्ष उमेरका छन्। उनीहरुको सनाखत हुँन बाँकी रहेको उनले बताए। मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो।

‘दुर्घटनापछि बोलेरो चालक झापाकै मेचीनगर- ६ घर भएका ४५ वर्षीय ऋषिराज गिरीलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ एसपी केसीले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’

Facebook Comments Box