पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, ३ वैशाख – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने छ ।

Facebook Comments Box