एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक यही फागुन ८, ९ र १० गते बस्ने
काठमाडौं, ४ फागुन – नेकपा एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक यही फागुन ८, ९ र १० गते बस्ने भएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ। त्यसैगरी बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरण तथा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा पनि निर्धारण हुने नेता राजेन्द्र गौतमले जानकारी दिए।
Facebook Comments Box

