आईसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

काठमाडौँ, २३ माघ – आईसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित लिग टुको पहिलो शृंखला नेपालले फागुन ३ गतेदेखि आयोजना गर्दै छ ।

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल ३ फागुनमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । यस्तै दोस्रो खेल ५ फागुनमा नेपाल र नेदरल्याण्ड्सबीच हुने छ ।

७ फागुनमा नामिबिया र नेदरल्याण्ड्स, ९ फागुनमा नेपाल र नामिबिया ११ फागुनमा नेदरल्याण्ड्स र नामिबिया तथा १३ फागुनमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने छ ।

Facebook Comments Box