३०२ औँ पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाण्डौँसहित देशभर विभिन्न कार्यक्रम गर्दै
३०२ औँ पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाण्डौँसहित देशभर विभिन्न कार्यक्रम गर्दैछ। पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन राप्रपाका नेताहरु देशभर खटिएका छन्।
पार्टीका निर्देशन समिति अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी र महामन्त्री राजेन्द्र गुरुङले आज राप्रपाले उदयपुरमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्दैछन्।
त्यसैगरी उपाध्यक्ष ध्रुबबहादुर प्रधानले नवलपरासीमा,उपाध्यक्ष रविन्द्र मिश्रले कास्कीमा, महामन्त्री डा.धवल शम्शेर राणाले मोरङमा, महामन्त्री कुन्ती कुमारी शाहीले बाँकेमा, प्रवक्ता ज्ञानेन्द्र शाहीले गोरखामा हुने कार्यक्रममा सहभागी हुने राप्रपाले जनाएको छ।
यसैगरी ताप्लेजुङमा इन्द्र प्रसाद थापा, पाँचथरमा प्रेमराज थाम्सुहाङ्ग, धनकुटामा पवित्रा श्रेष्ठ, तेह्रथुममा होमभक्त कुरुवाङ्, संखुवासभामा दिपेन्द्र भण्डारी, भोजपुरमा आजेस राई, सोलुखुम्बु एजी शेर्पा, ओखलढुंगामा अम्बिका देवी थापा, खोटाङमा अर्जुन राई, इलाम रमेश रिजाल, सुनसरीमा रामकुमार सुब्बा, झापा राम थापा, सप्तरीमा राम प्रताप साह, सिराहामा मनोज मल्ल, धनुषामा मोहन यादव, महोत्तरी रामनारायण साह, सर्लाही शिव शकंर यादव, रौतहट प्रमोद गोयन्का लगायतले सम्बोधन गर्दैछन्।

