अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
काठमाडौँ, १४ मङ्सिर – अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ । उनले रिचर्ड निक्सन र गेराल्ड फोर्ड राष्ट्रपति हुँदा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेका थिए।
जर्मनीमा जन्मिएका उनको अमेरिकाको कनेक्टिकटस्थित घरमै मृत्यु भएको बीबीसीले लेखेको छ। आफ्नो दशक लामो करिअरमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण र कहिलेकाहीँ विवादास्पद भूमिका पनि खेलेका थिए।
Facebook Comments Box