जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते

विराटनगर, २८ असोज – धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन्। घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ।

Facebook Comments Box