उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूबीच गृहमन्त्रलायमा बैठक सुरु

काठमाडौं, ५ असोज – सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूबीच बैठक सुरु भएको छ । सिंहदरबारस्थित गृहमन्त्रलायमा बैठक सुरु भएको हो ।

दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।

Facebook Comments Box