नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने
काठमाडौँ, २ असोज – नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसको तयारी स्वरूप सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ ।
यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ । यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।
Facebook Comments Box