आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, २० भदौ – आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो। ‘मंगलबार बस्नुपर्ने नियमित बैठक आज बस्न लागेको हो’, उनले भने। उनका अनुसार मन्त्रिपरिषद्‌को बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।

आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय गर्ने अपेक्षा गरिएको छ। किनकि केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसद्मा पठाइने बताएका थिए।

Facebook Comments Box