लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बस दुर्घटना, केही व्यक्ति घाइते

काठमाडौं, २ असार – ललितपुरमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारामा दुर्घटना भएको हो । अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । तर, दुर्घटनामा घाइतेहरू संख्या र पहिचान यकिन भइनसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ ।

Facebook Comments Box