ए डिभिजन लिगको उपाधि जितेको चर्च ब्वाइज युनाइटेड क्लबले ७५ लाख नगद हात पारे
काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगको उपाधि हात पारेको चर्च ब्वाइज युनाइटेड क्लबले ७५ लाख नगद हात पारेको छ। शनिबार सम्पन्न लिगको अन्तिम खेलपश्चात त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधि बिजेता चर्च ब्वाइज लगायतका दोस्रो र तेस्रो हुने टिमलाई पनि नगदसहित सम्मान गरिएको हो।
खेलमा मच्छिन्द्र क्लब दोस्रो भएको छ भने नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ। दोस्रो हुने मच्छिन्द्रले ५० लाख नगद र नेपाल पुलिस क्लबले २५ लाख नगद हात पारे। घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो। यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो। चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो।
Facebook Comments Box

