मितिनी नेपालद्धारा होमोफोबिया, बाईफोबिया र ट्रान्सफोबिया बिरुद्धको अन्र्तराष्ट्रिय दिवस २०२३ सम्पन्न
काठमाडौं, ०३ जेठ – महिला समलिङ्गी, द्धयलिङ्गी र ट्रासजेण्डर ब्यक्तिहरुको सहयोगका लागी काम गरिरहेको गैर सरकारी संस्था मितिनी नेपालले आज हरेक वर्षको मे १७ मा मनाउदै आईरहेको होमोफोबिया, बाईफोबिया र ट्रान्सफोबिया बिरुद्धको अन्र्तराष्टिय दिवस मनाएको छ ।
सन १९९० मे १७ मा बिश्व स्वास्थ्य संगठन डब्लुएचओ समलिङ्गैकतालाई मानसिक रोगको सुचीवाट हटाई समलिङ्गैगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनि घोषणा गरिएको स्मरण गर्दै बिश्वब्यापि रुपमा यो दिवस मनाउने गरिन्छ । मितिनी नेपालले यस वर्षे ‘‘सधै सगैंः विभिदतामा एकता’’ भन्ने बिश्वब्यापि नाराका साथ बिशेष कार्यक्रमको आयोजना गरी होमोफोबिया, बाईफोबिया र ट्रान्सफोबिया बिरुद्धको अन्र्तराष्टिय दिवस २०२३ मनाएको हो ।
सोहि सन्र्दभमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सातवटै प्रदेशमा रहेका करिव २ सय यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका ब्यक्तिको आठ समेटिएको पुस्तक ‘‘सधैं संगै ः बिबिधतामा एकता’’ नामक पुस्तक बिमोचन गरिएको थियो ।
यसका साथै करिव १ सय ज्येष्ठ नागरिकहरुमा गरिएको सर्वेक्षणका आधारमा तयार पारिएको तथ्यपत्रको समेत बिमोचन गरिएको थियो । कार्यक्रममा लामो समयदेखी संगै बस्दैआईरहनुभएका समुदायको एक जोडी र समुदायलाई स्वीकार गर्नुभएका एक परिवारलाई समेत सम्मान गरिएको थियो ।
महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चाय को प्रमुख अतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रममा संवैधानिक आयोग राष्टिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुली, राष्टिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर र नेपाल पत्रकार महासंभका अध्यक्षा विपुल पोखरेल लगायतले यौनिक तथा लैङ्गीक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्दै आईरहेका चुनौति र असमानतालाई सम्वोधन गर्ने र आ आफनो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
नेपालका यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायहरुको मानव अधिकार संरक्षण तथा सम्ंवर्धनका साथै उनिहरुलाई सम्मानित जिवन जिउन सामाजिक, सस्कृतिक, आर्थिक, कानुनी तथा राजनैतिक अधिकारसहितको समतामुलक समाज निर्माण गर्ने उदेश्यले सन २००५ मा मितिनी नेपाल संस्थाको स्थापना भएको थियो ।
अर्जुन धामी

