बंगलादेशले नेपालको ४० मेगावाटसम्म बिजुली किन्ने सहमत

काठमाडौँ, ३ जेठ – नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्ने बाटो खुलेको छ। वैशाख २ गते (मंगलबार) बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५औँ बैठकमा बंगलादेश नेपालको ४०  मेगावाटसम्म बिजुली किन्न सहमत भएको हो।

नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी, विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ।बैठक नेपालका तर्फबाट ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र बंगलादेशबाट विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षतामा बंगलादेशको पतुवाखलीमा बैठक सम्पन्न भएको हो।

Facebook Comments Box