सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय
काठमाडौँ, २ जेठ – सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको बताएकी छन्।
Facebook Comments Box