आज तीनवटा प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने / हावाहुरीको सम्भावना

काठमाडौँ, २७ वैशाख – आज तीनवटा प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली  रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा  रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भने आज दिउँसो मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशका तराईका केही स्थानमा सामान्य हावाहुरीको पनि सम्भावना छ। यस्तै राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

मौसमविद्का अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ। महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

Facebook Comments Box