पछिल्लो २४ घण्टामा देशभर ५१ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ वैशाख – पछिल्लो २४ घण्टामा देशभर ५१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०५ आरटी पीसीआर तथा १ हजार २९८ एन्टीजेन परिक्षण सहित १ हजर ३३ जनाको परिक्षण गर्दा ५१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५६ हजार ३६२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ९० हजार ५५० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार ३० पुगेको छ ।

Facebook Comments Box